कनेक्ट आइपीएसबाट दक्षिणा पठाउँदा उपहार पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 10:22:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीएचएलले चाड पर्व नगदरहित रुपमा मनाउन 'मनाऔँ दशैँ १५ दिनै कनेक्ट आर्ईपीएससँगै' भन्ने योजना सार्वजनिक गरेको छ । उपहार समेत रहेको यस योजना कम्पनीले दशैंलाई नगदरहित बनाउन ल्याएको हो । 

योजना अन्तर्गत बैंकका ग्राहकले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आईपीएस मार्फत दक्षिणा पठाउन सक्ने कम्पनीले जनाएको छ । जसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली विजेताहरुले १ हजार रुपैयाँको गिफ्ट भौचर पाउने छन् ।

कनेक्ट आईपीएसमा रजिष्टर गरेका बैंकका ग्राहकले योजना अन्तर्गत डिजिटल दक्षिणा पठाउन सक्ने छन् । कम्पनीका अनुसार यसरी दक्षिणा पठाउनेमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved