बैदेशिक रोजगारीमा राज्य उदासिन, विदेशिने युवा कति दक्ष होलान ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 06:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

दैनिक २० करोड हाराहारीमा रेमिट्यान्सको रुपमा स्वदेशमा पुंजी पठाउने बैदेशिक रोजगारमा रहेका युवा कति दक्ष होलान ? तिनले कस्ता कस्ता काम जानेका होलान ? साच्चै विदेशमा तिनले के काम गर्दा होलान ? यो जिज्ञासा अवश्य तपाइँको मनमा आउँछ होला। 

अझ तपाईको घरका युवा सदस्य समेत विदेशको रोजगारीमा छन् भने तिनले के कस्ता काम गर्दा होलान, तपाईको मनमा अवश्य कौतुहलता होला ? देशको कुल ग्राहस्थ उत्पादनको पुग नपुग एक तिहाई दायित्व धानेको रेमिट्यान्सका सम्बाहक युवाहरुको बैदेशिक रोजगार यात्रा त्यहि सुखद नदेखिएको विभिन्न तथ्यांकहरुले देखाएका छन। 

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब ढुंगेलका अनुसार नेपालबाट अत्यन्तै ठुलो संख्यामा अदक्ष युवाहरु बैदेशिक रोजगारीमा गएका छन्। प्राय उच्च श्रम गर्नु पर्ने, तर आय न्यून हुने बढी भन्दा बढी शारीरिक श्रमका लागि नेपाली युवा बिदेशीएको उनले उपलब्ध गराएको तथ्यांकले देखाउंछ। तथ्यांक भन्छ-'बैदेशिक रोजगारीमा जाने कुल संख्याको ७८ प्रतिशत पूर्ण रुपमा अदक्ष श्रमशक्ति हो।' 

देश भित्रिने रेमिट्यान्सको महत्त्वपूर्ण हिस्सा बोकेको यो श्रमशक्तिले अत्यन्तै कठिन शारीरिक श्रम गर्नुपर्ने र खतरापूर्ण काम गरेर स्वदेशमा पुंजी पठाउँछ। बढी शारीरिक काम गर्नु पर्ने भएकाले यो श्रमशक्तिले सबै भन्दा बढी चुनौतिको सामना गर्नु पर्दछ। दैनिक कफिनमा बेरिएर आउने औषत ३ भन्दा बढी 'सब' यहि समुहका रहेको ढुंगेलको दाबि छ। 

यस्तै वैदशिक रोजगारीमा जाने कुल संख्याको १८ प्रतिशत युवा भने अर्ध दक्ष रहेका छन। यिनीहरुले विदेशमा रंग रोगन, ड्राइभिङ र इनडोर कामहरु गर्छन। तुलनात्मकरुपमा अदक्ष कामदारको तुलनामा धेरै कमाई हुने र कम चुनौतीपूर्ण काम यो समूहले गर्दछ। 

पछिल्लो पटक व्यवसायिक शिक्षा तथा तालिम केन्द्रले निकालेको तथ्यांक अनुसार कुल बैदेशिक रोजगारीको ३८ प्रतिस्थ मध्येपुर्वले धानेको छ। यसैगरि भारतमा पनि ३६ प्रतिशत नेपाली बैदेशिक रोजगारिको रुपमा केन्द्रको तथ्याक रहेको छ। बैदेशिक रोजगारीको अर्को महत्त्वपूर्ण गन्तब्य सिंगापुर, दक्षिण कोरिया र जापान रहेको तथ्यांकले देखाएको छ। ति देशमा कुल १३ प्रतिशत नेपालीले बैदेशिक रोजगारीको रुपमा काम गरिरहेको छन। 

युरोप र अमेरिकाले ५ प्रतिशत नेपालको बैदेशिक रोजगारीमा हिस्सा पाएको छ। यी मध्ये इजरायलमा ७० प्रतिशत महिला छन। त्यहाँ काम गर्ने ८० प्रतिशत भन्दा बढी अर्ध दक्ष जनशक्ति रहेको तथ्यांकले देखाउंछ। यस्तै गरि साउदी अरेबियामा ९० प्रतिशत नेपाली पुरुषले काम गरिरहेका छन्। ति मध्ये १० प्रतिशत मात्रै अर्ध दक्ष र २ प्रतिशत मात्रै दक्ष श्रमशक्ति रहेका छन। 

यता देशले भने यिनै तथ्यांक संकलन गर्ने भन्दा बढी केहि गर्न सकेको छैन। राज्यको महत्त्वपूर्ण आम्दानीको श्रोत भएर पनि बैदेशिक रोजगारीमा जाने युवाहरुको दक्षता वृद्धिमा राज्यले शुन्य बराबरकै लगानी गरेको छ। यसले के देखाउंछ भने बैदेशिक रोजगारीमा राज्य उदासिन छ। 

थोरै सीप भरेर विदेश पठाउँदा कम शारीरिक चुनौतीमा धेरै आम्दानी गर्न सकिने केन्द्रको प्रतिवेदनमा उल्लेख छ। तर राज्यका आँखा भने यता तिर कहिले जालान ? बरु राज्य त् बैदेशिक रोजगारीमा जाने युवायुवतीलाई शोषणमा तल्लिन रहेकाहरुलाई नै उनीहरुको उद्द्वारक बनाएर पठाउने खेलमा लागि परेको छ। 

पछिल्लो पटक राजदुत नियुक्तिमा आसा लामा र शर्मिला पराजुलीको सिफारिस यस्तै दुधको साक्षी बिरालो जस्तै भएको छ। तिनै देशमा जनशक्ति निर्यात गर्ने, राज्यले शुन्य लागत बताएपनि लाखौँ ठगि गर्नेहरुलाई नै ती देशको राजदुत बनाउनुले जसको धन उसको बन बन्न लागेको देखिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved