रिडी हाइड्रोले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 09:13:55 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ३१५७ प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ।

कम्पनीको भदौ १६ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको हो। सम्बन्धित निकायबाट र कम्पनीको आगामी बार्षिक साधारणसभाबाट उक्त बोनस प्रस्ताब पारित भएपश्चात सेयरधनीहरुमा बोनस सेयर वितरण हुनेछ। कम्पनीले अघिल्लो आर्थिक बर्षपनि ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

६ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ५० करोड ५ लाख पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड २२ लाख रहेको छ। कम्पनीले गत आर्थिक बर्ष २ करोड ५३ लाख खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved