पोखरा फाइनान्सको एफपीओ बाँडफाँड, २ जनाले ३१ कित्ता हात पार्दा कसले कति पाए ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 11:08:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सको एफपीओ आज बाँडफाँड भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल कार्यालयमा आज १०.३० मा  भएको एफपीओ बाँडफाँडमा सबै योग्य आवेदकले पोखरा फाइनान्सको न्युनतम १० कित्ता एफपीओ पाएका छन। 

योग्य आवेदक ४६ हजार ६८३ जना सबै लगानीकर्ताले १० देखि ३१ कित्तसम्म सेयर हात पारेका छन। १० कित्तासम्म आवेदेन दिने १४ हजार ९६८ जना सबै आवेदकले १० कित्ता पाएका छन। त्यस्तै २० कित्ताका लागि आबेदन दिएका १० हजार १०६ जना सबैले २० कित्ता पाएका छन। 

त्यस्तै ३० वा ३० भन्दा बढी कित्ताका लागि आबेदन दिएका २१ हजार ६०९ जना मध्ये १९ हजार ९७० जनाले गोलाप्रथाबाट ३० कित्ता सेयर हात पारेका छन। दुई जना 'भाग्यमानी' लगानीकर्ताले भने गोलाप्रथाबाट ३१ कित्ता सेयर हात पारेका छन।

१४ हजार ९६८ जनालाई १० कित्ता,
१० हजार १०६ जनालाई २० कित्ता, 
१९ हजार ९७० जनालाई ३० कित्ता (गोलाप्रथाबाट), 
२ जनालाई ३१ कित्ता 

पोखरा फाइनान्सले गत साउन २९ देखि भदौ १ सम्म एफपीओ बिक्री खुला गरेको थियो। फाइनान्सले १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँमा २१ करोड ६४ लाख रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री गरेको हो। पोखरा फाइनान्सको एफपीओमा करिब  ५० हजार आवेदकबाट ७२ करोड ६० लाख रुपैयाँ बराबरको आबेदन परेको थियो।

एफपीओ वितरण पश्चात पोखरा फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख पुग्नेछ। पोखरा फाइनान्सले सेयर स्वामित्व संस्थापक ५१ र साधारण ४९ प्रतिशत कायम गर्नका लागि प्रिमियममा एफपीओ बिक्री गरेको हो। प्रिमियम बापतको रकम फाइनान्सको जगेडा कोषमा जाने भएकाले फाइनान्सको रिजर्भ ११ करोड ८० लाखले बढ्नेछ। 

१५ प्रतिशत हकप्रद हकप्रद बिक्री गर्ने तयारीमा रहेको पोखरा फाइनान्सले ८० करोड चुक्ता पुंजी पुर्याउनुपर्नेछ। १५ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७५ करोड ४० लाख पुग्नेछ। बाँकी अपुग पुंजी फाइनान्सले बोनस सेयर मार्फत जुटाउनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved