सेन्चुरीको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, यसरी पुर्याउदैछ ८ अर्ब चुक्ता पुंजी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 08:01:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको हकप्रद भर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ  । बैंकले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले  साउन १६ देखि हकप्रद निष्काशन गरेको थियो । 

असार २६ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल र सेन्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद फारम प्राप्त गरी भरेर बुझाउन सक्नेछन। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद बिक्रि गरिरहेको छ। ४० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ६० करोड नाघ्नेछ। इन्नोभेटिव र अरनिकोका शेयरधनीले मात्र हकप्रद प्राप्त गर्न सक्ने छन। 

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेको छ। अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको पुंजी र ४० प्रतिशत हकप्रद पुंजिकृत गर्दा बैकको चुक्ता पुंजी ७ अर्ब ८६ करोड हराहारी पुगेको छ। बाँकी अपुग पुंजी गत बर्षको कमाईबाट बोनस सेयर वितरण मार्फत पुरा गर्नेछ। ३ प्रतिशत बोनस सेयर बितरण गर्दा पनि बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड पुग्नेछ।   

तीन संस्था प्राप्ती अघि सेन्चुरीको कमाई ६१ करोड,रिजर्भमा १ अर्ब बढी हुँदा लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved