आरम्भ माइक्रोफाइनान्सले २ लाख ९४ हजार कित्ता आइपीओ जारी गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 07:34:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले २ लाख ९४ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ। माइक्रोफाइनान्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने बिशेष प्रस्ताब उसको कात्तिक १८ मा हुने तेस्रो बार्षिक साधारणसभाबाट पारित गर्ने भएको छ। 

माइक्रोफाइनान्सले आइपीओ निष्काशनका लागि एनआईसी एसिया क्यापिटललाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरिसकेको छ। माइक्रोफाइनान्सले कम्पनिका कर्मचारी समेतलाई गरि २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपीओ जारि गर्न लागेको हो। 

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त  सेवा प्रदान गर्दै आएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved