आश्वा बाट पनि हकप्रद भर्ने र उपत्यका बाहिरबाट पनि लिलाममा आवेदन दिने ब्यबस्था गर्न बोर्डको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 03:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली (सेयरमा लगानी गरिने रकम बैंक खातामा नै रोक्का राख्ने प्रणाली) मार्फत हकप्रद भर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ । बोर्डले सबै मर्चेन्ट बंकर र आस्वा सदस्यहरुलाई यस्तो ब्यबस्था गर्न निर्देशन दिएको हो । यस बाट हकप्रद निष्काशन प्रक्रिया थप सहज , समाबेशी तथा लगानीमैत्री हुने बोर्डले बिश्वास लिएको छ 

त्यस्तै बोर्डले बिक्रि नभएको हकप्रद शेयरको लिलामी प्रक्रियामा उपत्यका बाहिरका केन्द्रबाट पनि आवेदन दिन सक्ने ब्यबस्था गर्न निर्देशन दिएको छ । बोर्डले कम्तिमा उपत्यका बाहिरका प्रमुख केन्द्रहरु विराटनगर, विरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । यस बाट धितोपत्र बजार सुदृढ हुनुको साथै बजार देशब्यापी हुने बोर्डको अपेक्षा रहेको छ 

यद्यपि बोर्डले कहिलेसम्म यस्तो ब्यबस्था गरीसक्नु पर्ने हो सो भने खुलाएको छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved