कम्प्लाएन्स रिपोर्टबारे नयाँ ब्यबस्था:नेप्से, सिडिएस, मर्चेण्ट बैंकर र ब्रोकरलाई लागु हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 02:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएस), मर्चेण्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई अर्धबार्षिक रुपमा कम्प्लाएन्स रिपोर्ट बुझाउन निर्देशन दिएको छ  ।

बोर्डले लेखापरीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन अर्थात् कम्प्लाएन्स रिपोर्ट अर्धबार्षिक रुपमा बुझाउन निर्देशन दिएको हो  । संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नियम परिपालनाको अवस्थालाई थप सुदृढ बनाउन यस्तो ब्यबस्था गरिएको बोर्डले जनाएको छ  । 

 यस ब्यबस्था संगै नेप्से, सिडिएस, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखापरीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन (कम्प्लाएन्स रिपोर्ट) बोर्डमा बुझाउनु पर्ने छ ।

 यस व्यवस्थाबाट धितोपत्रबजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैकरको नियम परिपालनाको अवस्थामा सुधार भई उक्त संस्थाहरुको सेवा प्रवाह व्यवस्थित, अनुशासित एवं पारदर्शी हुनु गई समग्र धितोपत्रबजार थप सुदृढ हुने बोर्डको अपेक्षा रहेको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved