सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । नेप्सेले कम्पनीको २३.८ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४७०.९२ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।