दुग्ध व्यवसायलाई प्रोत्साहन गर्ने बजेट ल्याउन नेपाल डेरी एसोसिएशनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 04:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एसोसिएशनले आगामी आर्थिक वर्षमा नेपाली दूध तथा दुग्धजन्य व्यवसायलाई प्रोत्साहन मिल्ने गरी बजेट ल्याउन माग गरेको छ । नेपाल डेरी एसोसिएशनले अर्थ मन्त्रालयमा बुझाएको पत्रमा लामो समयदेखि धरासयी भएको दुग्ध व्यवसायलाई प्रोत्साहन गर्ने किसिमले बजेट निमार्ण गर्न सुझाव दिएको छ । 

पशुपालन सहरमुखि हुनु, प्राकृतिक प्रकोप, कोभिड, लम्पिस्कीनलगायत विविध कारणले विगतको तुलनामा दूधको उत्पादन घटेको एसोसिएशनको दावी छ । साथै उसले उत्पादन लागत घटाउने योजनामा सरकार गम्भिर हुनु पर्ने माग पनि गरेको छ । 

राज्यले डेरी उद्योगलाई गम्भीर रुपले नहेरेको गुनासो एसोसिएशनको छ । विगत लामो समयदेखि विजुलीमा ५० प्रतिशत छूट मागे पनि राज्यले दिन नखोजेको एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।  उद्योगमैत्री वातावरणको अभाव, आवश्यक पर्ने साम्रगीहरु ल्याउँदा ४० प्रतिशत भन्सार लाग्नु, लागत अनुसारको रकम नपाउँदा किसान या दुग्ध व्यवसायीहरु पलायन हुँदै गइरहेको जानकारी दिंदै उनले राज्यले आगामी बजेटमा उद्योग मैत्री वातावरण सृजना गनुपर्ने बताए ।

उद्योगीहरुलाई स्थानको व्यवस्था, खाली रहेका सार्वजनिक जग्गाहरुमा निश्चित स्थान र समय अवधि तोकेर लिजमा दिन, चौपाया पशुहरुको उचित व्यवस्थापन, अनुदानको व्यवस्थालगायतका विभिन्न धारणाहरु समेटेर एसोसिएशनले  सबै स्थानीय तह, पशु सेवा विभाग र अर्थ मन्त्रालयलाई सुझाव पत्र पठाइसकेको छ ।  

एसोसिएशनका अनुसार कात्तिकदेखि माघसम्म बढी दूध उत्पादन हुने गरेको छ भने  फागुनदेखि असोज महिनासम्म कम दूध उत्पादन हुने गर्दछ ।  बढि दूध उत्पादन भएको बेला पाउडर दूध बनाउने र आवश्यक पर्दा प्रयोग गर्ने गरिन्छ जसको लागि उद्योगमा चालू पूँजी कम हुँदा ठूलो समस्या हुँदै  गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved