हेर्नुहोस, ब्याज खर्च बढ्दा तिनाउ विकास बैंक र पोखरा फाइनान्सको अवस्था के भयो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 07:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्ष वित्तीय क्षेत्रमा देखिएको 'तरलता अभाब' को प्रभाब बैंकहरुमा मात्र नभई बिकास बैंक र फाइनान्समा पनि देखिएको छ। चालु आर्थिक बर्षको पहिलो ३ माहिनामा अधिकांश बैंक वित्तीय संस्थाहरुको आम्दानी घटेकोमा तिनाउ विकास बैंक र पोखरा फाइनान्स पनि यहि सुचिमा परेका छन। 

हेरौं तिनाउ विकासबैंकको प्रगति विवरण 

तिनाउ विकास बैंकले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा १ करोड ५६ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा बैंकको खुद मुनाफा ३५ लाखले घटेको छ। 

बैंकले यस अवधिमा ११ करोड ९३ लाख कुल ब्याज आम्दानी गरेपनि ब्याज खर्च झन्डै दुई गुणाले बढ्दा खुद ब्याज आम्दानी ३ करोड १२ लाख ५७ हजारमा सिमित भएको छ। बैंकहरुको कमाई बढेपनि ब्याज खर्च बढेकाले आम्दानी घटेको स्पष्ट देखिन्छ। 

गत बर्ष २५ प्रतिशत बोनस सेयर र ३५ प्रतिशत हकप्रद बिक्रि गरि चुक्ता पुंजी ४६ करोड ६ लाख पुर्याएको तिनाउ विकास बैंकले सोहि अनुपातमा आम्दानी बढाउन नसक्दा बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ ६१ पैसामा झरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको इपिएस २८ रुपैयाँ ०९ पैसा थियो। 

यस अवधिमा बैंकले ४ अर्ब ७४ करोड निक्षेप संकलन गरि ३ अर्ब २५ करोड कर्जा लगानी प्रवाह गरेको छ। समिक्षा अवधिसंगको तुलनामा बैंकको निक्षेप ६ अर्ब तथा कर्जा ३ अर्बले बढी हो। यस अवधिमा बैंकले ४३ लाख २९ हजार प्रोभिजनमा राखेको छ भने ६० लाख राइट ब्याक गरेको छ। जस कारण बैंकको खुद मुनाफा बढ्नमा केहि मदत मिलेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ४६ करोड ६ लाख छ भने जगेडा कोष रकम समिक्षा अवधिसँगको तुलनामा ३ करोडले बढेर १६ करोड पुगेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकले उक्त १० प्रतिशत बोनस सेयरलाई पुंजीकृत गरे बिना नै पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड ६८ लाख पुग्नेछ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ। उसको खराब कर्जा अनुपात ०।१२ प्रतिशतबाट बढेर ०।३६ प्रतिशतमा पुगेको छ। समग्रमा बैंकको वित्तीय अवस्था सन्तोषजनक नै रहेको मान्न सकिन्छ। बैंकसंग थप कर्जा प्रवाहको क्षमता रहेको र पुंजीगत कोष लागत घट्दै जाने सम्भावना रहेकाले आगामी दिनमा मुनाफामा वृद्धि भई इपिएस सन्तुलन कायम हुने अपेक्षा गर्न सकिन्छ। 

पोखरा फाइनान्स 

पोखरा केन्द्रित पोखरा फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ४८ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा फाइनान्सको खुद मुनाफा १६ लाखले कम हो। 

गत बर्ष १३.५० प्रतिशत बोनस र एफपीओ बिक्रिबाट फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख पुगेको छ। फाइनान्सको खुद मुनाफामा केहि गिरावट देखिएपनि एफपीओ बिक्रिबाट आएका प्रिमियम रकमले उसको जगेडा कोष दोब्बरले बढेको छ। 

गत आर्थिक बर्षको यस अवधिमा २१ करोड जगेडा कोषमा रहेकोमा यो रकम झन्डै दोब्बरले वृद्धि भई ४२ करोड ५३ लाख पुगेको छ। फाइनान्सले चुक्ता पुंजी वृद्धि गर्ने योजना अन्तर्गत १५ प्रतिशत हकप्रद बिक्रि गर्ने तयारिमा छ भने गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गर्न बाँकी छ।   

चुक्ता पुंजी वृद्धि अनुपातमा आम्दानि बढाउन नसक्दा फाइनान्सको प्रति सेयर आम्दानी घटेर ९.०८ रुपैयाँ कायम भएको छ भने ब्याज खर्च बढेपछी खुद ब्याज आम्दानी व्यापक घटेको छ। 

फाइनान्सले ११ करोड १८ लाख ६० हजार कुल ब्याज आम्दानी गरेपनि ब्याज खर्च दोब्बरले बढेपछी खुद ब्याज आम्दानी २ करोड ७८ लाखमा सिमित भएको छ। अन्य बैंक वित्तीय संस्थाहरु झैँ फाइनान्स पनि बढेको कर्जा ब्याजले थलिएको छ।  

फाइनान्सले यस अवधिमा ३ अर्ब ८० करोड निक्षेप संकलन गरी ३ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा फाइनान्सको निक्षेप ७२ करोडले बढेको छ भने कर्जा प्रवाह ७३ करोडले बढेको छ। 

व्यवसाय बिस्तारसंगै फाइनान्सको कर्मचारी खर्च र संचालन खर्च पनि उत्तिकै बढेको छ। फाइनान्सको कर्मचारी खर्च ८८ लाखबाट बढेर १ करोड २८ लाख पुगेको छ भने संचालन खर्च ५९ लाखबाट बढेर ८८ लाख पुगेको छ। 

व्यवसाय बिस्तारमा आक्रामक देखिएको फाइनान्सले यस अवधिमा खराब कर्जा अनुपात २.१६ प्रतिशतबाट घटाएर १.३३ प्रतिशतमा झारेको छ भने कर्जा निक्षेप अनुपात ७७।३० प्रतिशत छ।    




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved