लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, १० करोडको बोनस वितरण गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 08:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषण गरेको छ । मङ्सिर १ गते सम्पन्न इन्स्योरेन्सको संचालक समितिको बैठकले आर्थिक वर्ष ७३/७४ को वित्तीय विवरण पारित गर्दै सो आवको मुनाफाबाट लगानीकर्तालाई १२.८२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैठकले हालै बाँडफांड भएको ३९ करोड समेतलाई जोड्दा कायम हुने चुक्ता पुंजी ७८ करोडको १२.८२ प्रतिशतले हुन् आउने गरी १० करोडको बोनस वितरण गर्ने प्रस्तव गरेको हो । त्यस्तै उक्त बोनसको कर प्रयोजनको लागि ०.६७ प्रतिशतले हुन् आउने ५२ लाख ६३ हजार १ सय ५८ रुपियाँको नगद लाभांश वितरण गर्ने प्रस्तव गरेको हो । 

बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ८८ करोड पुग्ने छ । 

उक्त प्रस्ताव बिमा समितिबाट स्वीकृत प्राप्त भएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved