एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, पाईपलाइनमा ६०० प्रतिशत हकप्रद

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 02:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको मङ्सिर २८ मा बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताब गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नियमन निकाय बिमा समिति र इन्स्योरेन्सको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुमा लाभांश बितरण हुनेछ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १३ करोड ३६ लाख ५० हजार पुग्नेछ। 

इन्स्योरेन्सले हालै मात्र १ बराबर ६ कित्ता शेयर अर्थात ६०० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न धितोपत्र बोर्डमा आबेदन दिएको छ। ६०० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ८५ करोड ५ लाख पुग्नेछ। इन्स्योरेन्सले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा  ४४ लाख ८५ हजार खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved