सकियो एक्सेल डेभलपमेन्ट बैंकको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 01, 2018 | 10:34:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकको लिलामीको शेयरको बोलपत्र खोल्ने सकिएको छ। ३५६.७५ रुपैयाँ र त्यो भन्दा माथि कबुलेर लिलाम हाल्ने सबै योग्य आवेदकले बैंकको लिलामको सेयर प्राप्त गरेका छन। अर्थात कट अफ मुल्य ३५६.७५ रुपैयाँ तय भएको एस क्यापिटलले जनाएको छ। 

बैंकले लिलाममा राखेको १८ हजार २ सय ८६ दशमलव ५ कित्ता सेयरमा ११४ आबेदन परेको छ। जसमा मात्र ३१ जनाले मात्र एक्सेलले लिलाममा राखेको शेयर सकार्ने मौका पाएका छन। केहि बोलकबोल दाताले बैंकको शेयर अधिकतम ४०७ रुपैयाँमा सकारेका छन। 

बैंकले असोज १८ गतेदेखि २:१ को अनुपातमा १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद बिक्रि गर्दा सर्वसाधारण समुहतर्फको  अवितरित १८ हजार २ सय शेयर लिलाम मार्फत बिक्रि गरेको हो।    

बैंकको १२ औ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ।  ५० प्रतिशत हकप्रद र बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ६९ करोड २६ लाख पुग्ने छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख खुद मुनाफा गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved