स्ट्यान्डर्ड चार्टडको शतप्रतिशत बोनस पारित, बन्यो बोनसबाटै ८ अर्ब पुर्याउने पहिलो बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 04:43:40 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको ३१ औं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको शतप्रतिशत बोनस प्रस्ताब पारित गरेको हो। 

बैंकले गत आर्थिक बर्षको कमाई र एफपीओबाट संकलित प्रिमियम रकमबाट शेयरधनीहरुलाई शतप्रतिशत बोनस शेयर बितरण गरेको हो। शतप्रतिशत बोनस प्रस्ताब पारित भएसंगै बिंकको चुक्ता पुंजी ८ अर्ब १ करोड पुगेको छ। गत आर्थिक बर्ष बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

त्यस्तै सभाले बोनसमा लाग्ने कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश समेत अनुमोदन गरेको छ भने अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ।

नेपालमा संचालनमा रहेका २८ बाणिज्य बैंक मध्ये अन्य बैंकहरुले हकप्रद बिक्रि गरि चुक्ता पुंजी ८ अर्ब पुर्याएपनि चार्टडले मात्र बोनसबाट नै राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याएको हो। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख खुद मुनाफा गरेको छ।  


  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved