कृषि विकास बैंकको मूल्य समायोजन, हेर्नुस कति तोकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 09:08:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा आज सोमबार कृषि विकास बैंकको मूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको २० प्रतिशत बोनस सुरक्षित गर्ने हिजो आइतबार अन्तिम दिन थियो  । बोनसपछि कम्पनीको मूल्य समायोजन भएको हो  ।

समायोजनपछि कम्पनीको शेयर मूल्य ३४६ रुपियाँ कायम भएको छ। कम्पनीको औसत आधार मूल्य ४ सय ३३ रुपियाँ रहेको छ  । 

 लाभांस पारित गर्न कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ। माघ १४ गते आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन् ।

बैंकले एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved