प्रुडेन्सियल इन्स्योरेन्सले लिलाममा राखेको शेयरमा आवेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सले लिलाममा राखेको शेयरमा आवेदन दिने चैत्र ५ गते अन्तिम दिन रहेको छ  ।  कम्पनीले हकप्रदमा अवितरित शेयर   फागुन २८ गतेदेखि लिलाम बढाबढमा बिक्रि गरेको हो  । कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।

हकप्रदमा अवितरित  १२ हजार ५०३ कित्ता सेयरको आजदेखि लिलामी खुलेको हो ।   

लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल यो कम्पनीको दोस्रो बजारमा सेयरमूल्य ६६० रुपैयाँ रहेको छ । एनआईसी एशिया क्यापिटल कम्पनीको विक्री प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved