सकियो शांग्रिला विकास बैंकको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 08, 2018 | 11:58:12 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला विकास बैंकको लिलामीको शेयर बोलपत्र खोल्ने काम सकिएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शुक्रबार बोलपत्र खोलिएको हो ।   बैंकले चैत्र १३ गतेदेखि २० गतेसम्म ९ लाख १ हजार ९ सय ९७ दशमलव ५० कित्ता शेयर लिलाममा राखेको थियो । जस मध्ये संस्थापकतर्फ  ३ लाख ५२ हजार ७ सय २२ दशमलव ५० कित्ता र  बाँकि ५ लाख ९ हजार २ सय २५ कित्ता शेयर साधारणतर्फको शेयर रहेका थिए  । 

बिक्रि प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार संस्थापक तर्फ कुल ७१ आवेदन परेका थिए भने सर्बसाधारण तर्फ कुल १२ सय २५ आवेदन परेका थिए  ।  संस्थापकतर्फको कट अफ मूल्य १०५ कायम भएको छ भने सर्वसाधारणतर्फको कटअफ मूल्य १ सय ४२ कायम भएको छ  । २१ जनाले १ सय ४२ मूल्य कबुल गरेर आवेदन दिएका थिए  । केवल ३२० जनाले सर्वसाधारणतर्फको शेयर पाउने भएका छन्  । 

संस्थापक तर्फ १५६ रुपियाँसम्मको लागि आवेदन परेको थियो भने सर्बसाधारणतर्फ २ सयसम्मको आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ  । 

सर्बसाधारणतर्फ सिद्दार्थ इक्विटी फण्डले १४२ रुपियाँमा ५० हजार कित्ता, सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किमले १३२ मा ५० हजार कित्ता, बिरेन्द्र शाहले १ सय २७ मा १ लाख कित्ता, कृति क्यापिटलले १४९.५१ मा २०० कित्ता माग गरेका थिए  । 

हाल बैंकको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैया छ । हकप्रद निष्काशन तथा सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved