दोहोरो अंकले घट्यो नेप्से, ४ दिनमा १ सय ५ रुपियाँले घट्यो मेगा बैंकको शेयर मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 02:44:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक १४.६१ अंकले घटेर १३०७.६६ को बिनुदमा पुगेको छ । आज कारोबारमा आएका १ सय ६५ कम्पनीका ७ लाख ८ हजार १ सय ४७ कित्ता शेयर खरिद बिक्रि बाट ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाको कारोबार भएको छ 

यस दिन नेपाल टेलिकमको सबै भन्दा धेरै २ करोड ८२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् 

आज सुर्योदय लाघुबिताका लगानीकर्ताले सर्बाधिक २.९६ प्रतिशत कमाएका छन् । मेगा बैंकको शेयर मूल्य ओरालो लाग्ने क्रम अझै रोकिएको छैन । आज मेगको शेयर मूल्य ९.६४ प्रतिशतले घटेको छ ।  बैंकको १७ महिनापछी सोमबार मात्र कारोबार खुला भएको थियो । यस  ४ दिनको  अवधिमा मेगको शेयर मूल्य १ सय ५ रुपियाँले घटेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved