नेप्सेले थाल्यो अनलाइन ट्रेडिङको प्रारम्भिक परीक्षण, औपचारिक उद्घाटन कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 12:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन ट्रेडिङको प्रारम्भिक परीक्षण थालेको छ।  ५ वटा ब्रोकर छनौट गरि आजदेखि प्रारम्भिक परिक्षण थालिएको नेप्सेले जनाएको छ। 

ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसनको सिफारिसमा ५ वटा ब्रोकरले प्रारम्भिक परिक्षणको क्रममा आजदेखि 'परिक्षण' कारोबार थालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई बताए। 

'नेप्सेको आइटी टिम र सिफारिस गरिएका ब्रोकरबीचको समन्वयमा आजदेखि अनलाइन ट्रेडिङको प्रारम्भिक परिक्षण सुरु भएको छ' प्रवक्ता पराजुलीले भने, 'अहिले 'परिक्षण' कारोबार हो, ब्रोकरहरुमा आत्मविश्वास भएपछी उनीहरुले अनलाइन ट्रेडिङ कार्यन्वयनमा ल्याउन सक्छन।'

ब्रोकर संघले त्रिशक्ति सेक्युरिटीज, लिन्च स्टक एक्सचेन्ज, एबिसी सेक्युरिटीज, सेक्युरड सेक्युरिटीज र मल्ल एण्ड मल्ल स्टक ब्रोकिंङलाई परिक्षण कारोबारका लागि सिफारिस गरेको छ। 

यी ब्रोकरहरुमा परिक्षण कारोबारको सफलता पश्चात ब्रोकरहरुले लगानीकर्तालाई अनलाइन मार्फत कारोबार गराउन सक्ने नेप्सेको भनाई छ। अहिले ५ वटा ब्रोकरलाई परीक्षण कारोबारमा सामेल गराईएपनि बिस्तारै एवं रितले सबै ब्रोकरलाई सामेल गराइने छ। परिक्षण सक्न महिना दिन लाग्ने हुँदा ब्रोकरले वास्तविक रुपमा नै कारोबार गराउन साउन लाग्ने हुन सक्ने नेप्सेको भनाई छ।

सुरुवातमा नेप्सेको नयाँ अनलाइन कारोबार प्रणाली र अहिलेको प्रणालीलाई संगसंगै अगाडी लगिने छ। पछि ब्रोकरहरुले अहिलेको नयाँ अनलाइन कारोबार प्रणालीलाई धान्ने प्रणाली राखेपछी र अनलाइन कारोबार परिक्षण गर्न नियुक्ति भएको कम्पनीले 'हरियो झण्डा' देखाएपछी मात्र फुल फेजमा कार्यन्वयनमा आउनेछ। 

नेप्सेले गत मे २५ मा अनलाइन कारोबार प्रणालीको परिक्षण गर्ने कम्पनि छनौट गर्न सूचना सार्वजनिक गरेको छ। जुन २४ सम्म इच्छुक स्वदेश तथा बिदेशी कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन। त्यस पश्चात एक महिना भित्र परामर्शदाता कम्पनि छनौट गरि वाईकोले तयार गरेको अनलाइन ट्रेडिङको परिक्षण अगाडी बढाउने नेप्सेको तयारि छ। 

छनौट हुने कम्पनीले वाईकोले बनाएको अनलाइन कारोबार प्रणाली ठिक छ भनेर प्रमाणित गरेपछि मात्र अनलाइन कारोबार प्रणालीको औपचारिक उद्घाटन हुनेछ। त्यसैले लगानीकर्ताले घरमै बसेर अनलाइन मार्फत कारोबार गर्नका लागि अझैं असोज कात्तिक कुर्नुपर्ने देखिन्छ। 

यस अघि:

अनलाइन ट्रेडिङ परिक्षण गर्न नयाँ कम्पनि खोज्दै नेप्से

    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved