गणपति माइक्रोफाइनान्सले आईपिओ निष्काशन गर्ने, एनआईबिएल एस बिक्रि प्रबन्धक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 06:26:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ  ।  कम्पनीले प्रति शेयर रु.१००÷—अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो ।    

शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड हुनेछ । 

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved