युनिलिभरलाई सचेत मात्रै गराएर छाडियो, कारोबार फुकुवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 03:21:27 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल स्टक एक्सचेन्जले युनिलिभर नेपाल लिमिटेडको स्थगित गरिएको शेयर कारोबार र सूचीकरण फुकुवा गरेको छ । बजार मूल्यलाई प्रभाव पार्ने सूचना हरु तत्काल निर्णय हुना साथ नेप्सेलाई उपलब्ध नगराएको युनिलिभरलाई नेप्सेले सचेत मात्र गराउदै छाडेको हो ।  
कम्पनीले नगद लाभांश सम्बन्धि सुचना ढिलो गरी नेप्सेलाई जानकारी गराएकोले यस बिषयमा स्पष्टीकरण सोधेको थियो । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७ सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर कम्पनीले त्यसको जानकारी भदौ २८ गते मात्र नेप्सेलाई जानकारी गराएको थियो । कम्पनीले यस नियमको उल्लघन गरेपछि नेप्सेले युनिलिभरको धारणा माग्दै कम्पनीलाई किन कारबाही नगर्ने पनि प्रश्न सोधेको हो । तर कम्पनीको जवाफमा नेप्से सन्तुष्ट नभएपनि अब यस्ता गल्ति नदोहोर्याउन र कानुनले तोके बमोजिम गर्न सचेत गराउदै युनिलिभरलाई छाडिएको हो ।  

यस निर्णयसँगै कम्पनीको सेयर कारोबार खुला भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved