लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट, बाणिज्य बैंकहरुको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 05:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १०.५६ अंकले घटेर १२१६.९३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६० कम्पनीका ९ लाख ८७ हजार ३ सय २१ कित्ता शेयर खरिद बिक्रिबाट २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाँको कारोबार भएको छ ।

आज गुर्खाज फाइनान्सको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ५७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया, प्रभु बैंक, जनता बैंक, एनएमबि बैंक लगायत रहेका छन् । सर्बाधिक कारोबार भएका १० कम्पनी मध्ये ९ वटा बाणिज्य बैंक रहेका छन्।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।

आज रिडी हाइड्रोका लगानीकर्ताले सर्बाधिक ७.८४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा खानीखोला हाइड्रो, साना किसान विकास बैंक, नेपाल सेवा लघुवित्त, हिमालय पावर पार्टनर लगायत रहेका छन् ।

आज रैरांग हाइड्रोका लगानीकर्ताले सर्बाधिक ७.८७ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा पोखरा फाइनान्स, एनआईबिएल प्रगती फण्ड, युनाइटेड मोदी हाइड्रो, सपोर्ट माइक्रोफाइनान्स लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved