कुमारी बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 10:55:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफा समेतको रकमबाट १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको हो। बैंकले १२.७५ प्रतिशतले हुन् आउने ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन। 

 हाल बैंकको चुक्ता पुंजी ७ अर्ब १६  करोड ३० लाख रहेको । प्रस्तावित बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved