अनसनरत लगानीकर्तालाई धितोपत्र बोर्डको जवाफ, 'सेयर कारोबार रोक्ने माग अनावश्यक'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 01:57:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अनशनरत सेयर लगानीकर्ताहरुको माग र गतिबिधिबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। अनसनरत लगानीकर्ताले पुंजीबजार सम्बन्धमा राखेका माग र सेयर कारोबार रोक्ने गतिबिधि अशोभनीय भएको बोर्डको ठम्याई छ। 

बोर्डले सरकारले मुद्रा तथा पुंजीबजारमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न उच्च स्तरीय समिति गठन गरेको स्मरण गराउदै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको छ। 

सरकारले गठन गरेको समितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिबृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा बोर्ड विश्वस्त रहेको बिज्ञप्तीमा उल्लेख छ। 'बजारलाई स्वच्छ र पारदर्शीरुपमा अगाडि बढाउन सम्बन्धित लगानीकर्ताहरुका साथै सवै पक्षहरुसँग सहयोगको लागि बोर्ड अनुरोध गर्दछ' बिज्ञप्तीमा उल्लेख छ।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved