तामाकोशीको शेयरमा आकर्षण कायमै, ३१ रुपियाँले मूल्य घटबढ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 04:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक  ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भएको छ ।

आज कारोबारमा आएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६,अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । आज तामाकोशी हाइड्रोको सबै भन्दा धेरै ३ करोड ७७ लाख बराबरको कारोबार भएको छ। कम्पनीको शेयर मूल्य ६.९२ प्रतिशतले बढेको छ ।  २६० मा खुलेको कम्पनीको शेयर मूल्य २५५ सम्म झरेको थियो भने बढेर २८६ सम्म पुगेको थियो । कम्पनीको शेयर कारोबार अवधिमा ३१ रुपियाँले तल माथि भएको हो । 

आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्बाधिक कमाएका छन् । 

यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज सर्बाधिक गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved