कठोर संघर्षका कार्यक्रम गर्न लागेका ब्रोकरलाई संयमित हुन बोर्डको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 07:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको बेला व्यवसायीले आन्दोलन गर्ने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजारसम्बन्धी कार्यदलको सुझावअनुसार धितोपत्र बजारको समस्याको समाधानको पहल भइरहेको र सुधारका क्रममा रहेको बोर्डले पहल गरिरहेको स्पष्ट पारेको छ । पूँजीबजारको सुधार र विकासको पहल भइरहेको र बोर्डलाई थप स्वायत्तता प्रदान गर्ने गरी सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को संशोधनको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल व्यवसायीको पहलमा अन्य सुधारात्मक कामसमेत अगाडि बढिरहेको पहल गरिरहेको र काठमाडौँबाहिर ४१ स्थानमा दलाल व्यवसायीको शाखा खोल्न स्वीकृति दिइएको तथा अन्य ठाउँमा शाखा खोल्न पूर्वस्वीकृति दिइएको स्पष्ट पार्दै बोर्डले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा बजार अगाडि बढाउन प्रयास गरिरहेको र आवश्यक सुझावको समेत अपेक्षा गरिएको स्पष्ट पारेको छ । 

यो पनि : 

बोर्डबिरुद्द खनिएका ब्रोकरले कठोर संघर्षका कार्यक्रम गर्ने, साथ दिन लगानीकर्तालाई अपिल


व्यवसायीले गर्ने भनिएको विरोधका कार्यक्रमले लगानीकर्तालाई असुविधा भई बजारमा अझै प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने भएकाले संयमता अपनाउन बोर्डले आग्रह गरेको छ  । 

यस्तो छ बोर्डको बिज्ञप्ति : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved