११ सय बिन्दुमा नेप्से, आकर्षक लाभांश घोषणा गरेको नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 03, 2019 | 04:03:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से पाँच अङ्कले घटेको छ । आज नेप्से सूचक ४.९५ अंकले घटेर ११००.५८ विन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका   १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर खरिद बिक्रिबाट २३ करोड ५३ लाख २० हजार ९ सय रुपैयाँको कारोबार भएको छ ।  


कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३.०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ । 

आज भागर्व विकास बैंकका शेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २.२० प्रतिशतले कमाएका छन् । यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् ।

घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै दुई करोड ६० लाख चार हजार ६ सय ५९ रुपियाँको कारोबार भएको छ। कम्पनीले ४८.५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता त्यसमा आकर्षित भएका हुन्  ।

यो पनि : 

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved