दोस्रो पटक थपियो एनएमबि बैंकको ऋणपत्र भर्ने म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 08:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद दोस्रो पटक थप भएको छ । बैंकले फागुन ३० गतेदेखि ऋणपत्र बिक्रि गर्न थालेको हो ।  कम्पनीले सुरुमा चैत्र ४ गते बिक्रि बन्द गर्ने जनाएकोमा पर्याप्त  आवेदन नपरेपछि म्याद थप गरेर चैत्र १४ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको थियो तर अब दोस्रो पटक म्याद थप भई चैत २५ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ  

बैंकले १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको हो । यसबाट ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । दश बर्षे यस ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशत ब्याज दिने छ। 

ऋणपत्रको निश्कासनको लागि सिद्धार्थ क्यापिटल लिमीटेड बिक्रि प्रबन्धक रहेको छ। यस ऋणपत्रले  ’इक्राएनपि एलए माइनस’ को रेटिंग पाएको छ । यसले ऋणपत्रमा न्युन जोखिम जनाउछ  । ऋणपत्रमा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved