दोहोरो अंकले बढ्यो सूचक, १२ सयको बिन्दु पार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 03:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २३..३३ अंकले बढेर १२१२.०५ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १७० कम्पनीका  २४ लाख ११ हजार ६ सय ५० कित्ता शेयर खरिद बिक्रि बाट ७४ करोड २७ लाख १८ हजार ७ सय ५१ रुपैयाँको कारोबार भएको छ 

आज एनएमबि बैंकको सबै भन्दा धेरै ६ करोड ७० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल बैंक, कुमारी  बैंक, एनसीसी बैंक लगायत रहेका छन् । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । 

आज श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.६७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सेन्ट्रल फाइनान्स, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, प्रभु बैंक लगायत रहेका छन् 

आज युनिभर्सल पावरका लगानीकर्ताले सर्बाधिक ३.२२ प्रतिशत गुमाएका छन् । निरन्तर ओरालो लागेको कम्पनीको शेयर मूल्य ९० रुपियाँमा पुग्रेको छ 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved