एनआइसीको म्युचल फण्डमा आवेदन दिने आज अन्तिम दिन, १८६ प्रतिशत प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 07:23:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया क्यापिटलको निष्काशन गरेको 'एनआईसी ब्यालेन्स फण्ड’ मा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ । एनआइसी एसिया बैंकको कोष प्रवर्दन र एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा यो फण्ड आएको हो ।

क्यापिटलले साउन ८ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई निष्काशन गरेको थियो । १० रुपैयाँ अंकित मुल्य रहेको ब्यालेन्स फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्मको लागि आवेदन दिन सक्नेछन्। 

साढे १२ करोड ५० लाख इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड ६२ लाख ५० हजार इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले ब्याल्नेस फण्डको इकाईमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आबेदन दिन सक्नेछन। 

एनआईसी एसिया क्यापिटलले कोषबाट लगानीकर्तालाई पहिलो बर्ष नै ९ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रतिबद्दता गरेको छ। १० बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले औषतमा १८.७६ प्रतिशत लाभांश प्राप्त गर्नेछन भने कुल १८६.७१ प्रतिशत लाभांश पाउने बताइएको छ। 

यो पनि : 

'एनआईसी एशिया ब्यालेन्स फण्ड इक्विटी र डेब्ट मार्केटको मिश्रण हो' सीईओ रायमाझीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved