शिवम सिमेन्टको लाभांश पारित, संचालक समितिमा पुरानै अनुहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 12:24:39 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेंट्स लिमिटेडको लाभांश पारित भएको छ। कम्पनीको कात्तिक ८ गते संम्पन्न चौथो बार्षिक साधारणसभाले संचालक समितिको १५ प्रतिशत नगद लाभांस पारित गरेको हो। 

कम्पनीले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १५ प्रतिशत (कर बाहेक) ले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

त्यस्तै कम्पनीले ४ बर्षे कार्यकालकालागि यसअघिका ५ जना संचालकलाई दोहोर्याएर निर्विरोध निर्वाचन गरेको छ। निर्विरोध निर्वाचित हुने संचालकमा सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारड़ा, अमित मोर र रोहित गुप्ता छन। 

त्यस्तै अघिल्लो आर्थिक बर्षको साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट अलका गोयललाई ४ बर्षका लागि संचालकमा निर्वाचित गरेको थियो। ७ सदस्सीय संचालक समितिमा स्वतन्त्र व्यावसायिक संचालकको मनोनित हुन बाँकी रहेकोछ। संचालकको बैठकले सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष तथा रघुनन्दन मारुलाई कार्यकारी संचालकको जिम्मेवारी दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved