अर्थमन्त्री भन्छन् 'सीआईटीलाई ३ अर्ब पुँजी पर्याप्त, सहायक कम्पनी मार्फत पुँजीबजारमा लगानी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 01:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष (सीआईटी) ले सहायक कम्पनी मार्फत पुँजीबजारमा लगानी बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोषको सहायक कम्पनी खोलेर  पुँजीबजारमा लगानी बढाउने तयारी बढेको बताएका हुन् 

अर्थसमितिमा नागरिक लगानी कोष संसोधन विधेयकमाथि दफावार छलफलको क्रममा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोष मुद्राबजारको संस्था नभई पुँजीबजारको संस्था भएको बताए । सहायक कम्पनी मार्फत कोषले पुँजिबजारमा मार्केट मेकरकाे काम गर्ने र यसको लागि कोषको पुँजी ३ अर्ब पर्याप्त भएको बताए ।

उनले कोष वाणिज्य बैक पनि नभएको र ट्रस्टी पनि नभएको बताए । मन्त्री खतिवडाले कोष सामान्य नाफामुलक सार्वजनिक संस्था भएकाे र संकलन भएकाे बचतकाे सुरक्षित लगानी गर्ने संस्था भएकाे बताउदै तुलना नगर्न आग्रह गरे ।

उनले नागरिक लगानी काेष र कर्मचारी संचय काेषलाई सामाजिक सुरक्षा काेषमा मेल खाने खालकाे कुनै याेजना नल्याउन समेत निर्देशन दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved