अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई पठायो शेयर कारोबार खुला राख्ने आशयको पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 07:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले शेयर कारोबार सुचारु राख्नु पर्ने आशयको एउटा निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षता बुधबार बसेको उच्च स्तरीय वित्तीय क्षेत्र ब्यबस्थापन समन्वय समितिको बैठकले कोरोनाको संक्रमणको बेला सतर्कर्ता अपनाई धितोपत्र सहितका विभिन्न सेवालाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले गरेको पहिलो नम्बरको निर्णयमा भनिएको छ 'बैंकिंग, बीमा, धितोपत्र,  कम्पनी दर्ता, बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायले निरन्तरता दिने ।' बैठकले गरेका निर्णय कार्यन्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, सहकारी बिभाग, कम्पनी रजिस्ट्रार कार्यलय, बैंकर्स संघलाई प्रत्राचार गरेको छ । 

धितोपत्र बोर्डको निर्देशनमा हाल शेयर कारोबार ५ कार्यदिनको लागि बन्द छ। तर मन्त्रालयले सेवा निरन्तरता दिने निर्णय गरेसंगै यसबारे थप अन्योल सिर्जना भएको छ   । 

हेर्नुस मन्त्रालयको निर्णयहरु  : 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved