मेरोशेयरको एप सार्वजनिक, ५ सय बढीले गरे डाउनलोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 08:43:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एप सार्वजनिक गरेको छ ।  सिडीएसले बुधबार बेलुका एप सार्वजनिक गरेको हो । यो समाचार तयार पार्दासम्म ५ सय भन्दा बढीले यो एप डाउनलोड गरिसहेका छन्  । 

सिडीएसका नुसार यस एपबाट मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने छ ।  सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध हुने र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ । 

सिडीएसले  एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न  र  कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो । 


एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved