गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।
कम्पनीले यी शेयर असोज १३ गतेदेखि १९ गतेसम्म लिलाम गर्न लागेको हो । लिलाम गरिन लागेको शेयर मध्ये संस्थापक समुहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता रहेको छ भने सर्वसाधारण समुहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता रहेको छ । शेयर लिलाम गर्नको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
यस लिलाममा आवेदन दिनको लागि आवश्यक पर्ने रकम अनलाइनबाट ट्रान्सफर गर्न सकिने ब्यबस्था क्यापिटलले गरेको छ । यसरि अनलाइनबाट रकम ट्रान्सफर गर्दा आवेदन फारमको शुल्क पनि थपेर पठाउन क्यापिटलले आग्रह गरेको छ ।
कम्पनीले असार १४ देखि १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।
यो पनि :