जनरल इन्स्योरेन्सको आईपिओ 'रिभ्यु': यहि वर्षदेखि लाभांश वितरण !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2020 | 06:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले असोज ११ गतेदेखि आईपिओ निष्काशन गर्दै छ ।  कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

आईपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ।  

कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा आर्थिक वर्ष ७६/७७ मा प्रति शेयर नेटवर्थ १०४.०२ र प्रति शेयर आम्दानी २.२५ रुपैयाँ उल्लेख गरेको छ । त्यस्तै कम्पनी आर्थिक वर्ष ७६/७७ मा २ करोड ६६ लाख ३० हजार घाटामा रहेको छ ।  तर कम्पनीले चालु आर्थिक वर्षको अन्त्यमा प्रति शेयर नेटवर्थ ११५.१९, प्रति शेयर आम्दानी १७.३८ र सचित नाफा १५ लाख ७६ हजार ९ सय ४० रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।  

२०७४ माघ २४ मा बीमा व्यवसायय गर्ने इजाजतपत्र प्राप्त गरी कम्पनीले २०७५ जेष्ठ २९ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृत प्राप्त गरी निर्जीवन बीमा कम्पनीको हैसियतले २०७५ असार ६ गतेदेखि निर्जीवन बीमा सम्बन्धी व्यवसायीक कारोबार सञ्चालन गर्दै आईरहेको छ । हाल कम्पनीको सातै प्रदेशमा गरि ३९ शाखा छन् ।

कम्पनीको संस्थागत संस्थापकहरुमा बेस्ट फाइनान्स, शंग्रिला डेभलपमेन्ट बैंक, सूर्या क्यापिटल, कामना सेवा विकास बैंक, सेन्चुरी कमर्शियल बैंक, गुर्खाज फाइनान्स, मुक्तिनाथ विकास बैंक, शाइन् रेसुंगा डेभलपमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, सम्राट ग्रुप प्रालि, आईसीएफसी फाइनान्स , ग्लोबल आईएमई बैंक, इन्भाइरोमेन्ट एण्ड रिसोर्श मेनेजमेन्ट प्रा.लि, र सिभिल बैंक रहेका छन्  ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ मा १७ करोड ३७ लाख खुद नाफा हुने र त्यसपछिका वर्षमा क्रमश १९ करोड ८० लाख, ३० करोड २७ लाख , र ४१ करोड २० लाख खुद नाफा हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले आ.व. २०७७।७८, २०७८।७९, २०७९।८० र २०८०।८१ मा कूल बीमाशूल्क १४५%, १२३%, १२०% र ११७%ले वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले आ.व. २०७७÷७८ मा ५%, २०७८÷७९ मा ७%, २०७९÷८० मा १०%, र २०८०÷८१ मा १५% लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ । तर कम्पनीले वासलातमा पुँजी बृद्दी नगरेकोले यो नगद लाभांश देखिन्छ । 

त्यस्तै कम्पनीले आईपिओ बिक्रिबाट उठेको रकम निम्न अनुसारले लगानी गर्ने उल्लेख गरेको छ ।

त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्ममा ५० करोड ६५ लाख खुद बीमा शुल्क आर्जन गर्ने प्रक्षेपण गरेको छ भने त्यसपछि वर्ष सम्ममा क्रमश ६६ करोड ६९ लाख, ८३ करोड ३७ लाख,  र १ अर्ब ४ करोड खुद बीमा शुल्क आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको आईपिओको प्रत्याभूति नेपाल एस.बि.आई क्यापिटल, र सिद्धार्थ क्यापिटल र एनएमबि क्यापिटलले गरेका छन् ।  यी क्यापिटलले समान १० करोडको आईपिओ प्रत्याभूति गरेकोले समान १ लाख पाउने छन् ।  शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा माथि उल्लेखित प्रत्याभुतित कित्ता शेयरहरुमा सिमित हुने गरी प्रत्याभुतिकर्ताले खरिद गर्ने छन्। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंङ पाएको छ । 

कम्पनीले हालसम प्पानी प्रमुख कार्यकारी अधिकृत चयन गर्न सकको छैन । कम्पनीको महाप्रबन्धकको रुपमा एस.के.टमोट रहेका छन् । उनी कम्पनीको स्थपनादेखि नै महाप्रबन्धक पदमा छन् ।  आर्थिक वर्ष ७५/७६ मा कम्पनीले उनलाई ३५ लाख ९० हजार पारिश्रमिक प्रदान गरेको छ।

यो पनि:  जनरल इन्स्योरेन्सको आईपिओ मेरोशेयरको मोबाइल एपबाट भर्न नमिल्ने

त्यस्तै कम्पनीले संचालक समितिका अध्यक्षलाई प्रति बैठक ८ हजार र संचालक समितिका सदस्य प्रति बैठक ६ हजार भत्ता प्रदान गर्दै आएको छ । त्यस्तै संचालक समितिको बैठकमा सहभागी हुन उपत्यका बाहिरका संचालक लाई उपत्यका भित्र आउन परेमा वा उपत्यका भित्रका संचालकहरुलाई उपत्यका बाहिर जानु परेमा हवाई टिकट वा इन्धन खर्च वा गाडी भाडा बिल बमोजिम र होटल तथा खानाको लागि प्रति बैठक सात हजार एकमुष्ठ खर्च उपलब्ध गराउदै आएको छ । 

त्यस्तै संचालकले पत्रपत्रिका, टेलिफोन र इन्टरनेट खर्च वापत मासिक १० हजार र दैनिक भ्रमण भत्ता (संचालक समितिको बैठक बाहेक अन्य कामको सिसिलामा जानु परेमा) यातात तथा होटल खर्च बिल बमोजिम र दैनिक भ्रमण भत्ता प्रतिदिन ७ हजार प्रदान गर्ने गरेको छ । त्यस्तै संचालकहरु कम्पनीको कामको सिलसिलामा देश बाहिर जानु परेमा सबै मुलुकमा थ्री स्टार होटलको बिल बमोजिमको खर्च र भारतमा भए प्रतिदिन भारु ७ हजार, भारत बाहेक अन्य सार्क मुलुकमा  भए प्रति दिन ८० डलर र ति बाहेकका देशमा भए प्रति दिन १०० डलर भत्ता दिने गरेको छ  । त्यस्तै कम्पनीले संचालकको ५० लाखको दुर्घटना बीमा र ५ लाखको मेडिकल बीमा पनि गरेको छ  ।  यी बाहेक कम्पनीको कामको सिलसिलामा संचालकलाई यातायात खर्च बिल बमोजिम भुक्तानी दिने गरेको छ । 

हाल कम्पनीको संचालक समितिका अध्यक्षमा कुनल क्याल रहेका छन् भने संचालकहरुमा राम प्रसाद खनाल, शशी राज बज्राचार्य, .कृष्ण बोहोरा र दिपेन्द्र अग्रवाल रहेका छन् ।  कम्पनीबारेको थप जानकारी यहाँ क्लिक गरेर विवरणपत्र मार्फत लिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved