आफै ब्रोकरको काम गर्न सक्ने स्टक डिलरले किन माग्यो अन्य ब्रोकरको सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 12:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले आफुलाई धितोपत्र  दलाल सेवा आवश्यक सेवा आवश्यक पर्ने भन्दै ब्रोकरहरुलाई सुचि दर्ता गराउन आह्वान गरेको छ । स्टक डिलर कम्पनीले १५ दिन भित्र ब्रोकरहरुलाई आफ्नो कम्पनी दर्ता गराउन आग्रह गरेको हो ।

कम्पनीले ५ वर्ष कार्य अनुभव भएका ब्रोकरहरुलाई कर चुक्ता प्रमाणपत्र, प्यान प्रमाणपत्र, गत आर्थिक वर्षको कारोबार विवरण, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ३ वर्षको लेखापरीक्षक प्रतिवेदन लगायतका विवरण सहित कम्पनी दर्ता गराउन आग्रह गरेको छ ।

त्यसो त स्टक डिलर आफैले पनि ब्रोकर सरह नै कार्य गर्न पाउँछ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनुमति दिएपछि स्टक डिलर कम्पनीले आफै नै शेयर खरिद बिक्रि गर्छ । अर्थात स्टक डिलर आफैमा ब्रोकरको काम गर्छ ।

तर स्टक डिलरले नेप्सेले तोकेको कम्पनीको शेयर मात्र आफै खरीद बिक्रि गर्न पाउछ । नेप्सेले नै स्टक डिलरको लागि कारोबार गर्न योग्य कम्पनी चयन गरिदिने छ । नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेका, कम्तिमा १० हजार लगानीकर्ता रहेका, चुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्ने छ ।

नेप्सेले छनौट गरेका कम्पनी बाहेक स्टक डिलरले आफुले कारोबार गर्न चाहेको थप कम्पनी पनि छनौट गर्न सक्छ । नेप्सेले तोकेको  सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । स्टक डिलरले सुचिमा नपरेका ति कम्पनीको कारोबार हाल कायम रहेका ब्रोकरहरु मार्फत गर्नु पर्छ । यसै प्रयोजनको लागि स्टक डिलरले ब्रोकर सेवा माग गरेको हो । ब्रोकरले आवेदन दिएपछि स्टक डिलरले आफुले कारोबार गर्ने योग्य कम्पनी छनौट गर्छ र नेप्सेले तोकेको भन्दा बाहेकका कम्पनीको शेयर ति ब्रोकरबाट खरिद बिक्रि गर्छ । अफ्फ्नो रणनिति अरुले थाहा नपाओस् भन्नको लागि स्टक डिलर विभिन्न ब्रोकरहरु मार्फत कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।

अहिले शेयर बजारमा ठुलो रकमको कारोबार भईरहेकोले धेरैले स्टक डिलर बजार प्रवेश गरेको अनुमान गरेपनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले अहिलेसम्म स्टक डिलर बजार प्रवेश नगरेको बताएका छन् । उनले कहिले बजार प्रवेश गर्ने भन्ने कुरा यकिन मिति तोक्न नसकिने बताएका छन् । अझै केहि प्रक्रिया पुरा गर्न बाँकि रहेकोले ति प्रक्रिया पुरा गरेपछि आफ्नो रणनीति अनुसार उपयुक्त समयमा बजार प्रवेश गर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved