कर नतिरे त्रिवेणी विकास बैंकको बोनस सेयर डिम्याट खातामा नआउने, हेर्नुहोस् तपाईको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 05:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिबेणी विकास बैंकले गत आर्थिक बर्षको कमाईबाट बितरण गरेको १९ प्रतिशत बोनस सेयर डिम्याट खातामा प्राप्त गर्नका लागि लगानीकर्ताले बोनस सेयर बापतको कर तिर्नु पर्ने भएको छ। 

त्रिबेणीले प्रकाशित गरेको सूचना अनुसार तत्कालिन पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेण्ट बैंक मर्जर भए पश्चात यस बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले बोनस सेयर बापतको कर तिर्नु पर्ने छ। 

मर्जर पश्चात यस बैंकको सेयर खरिद गर्ने सेयरधनीहरुले आफ्नो डिम्याट खातामा बोनस सेयर प्राप्त गर्न बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग, लालदरबार, काठमान्डू र त्रिबेणी विकास बैंकमा सम्पर्क राखी आफुले तिर्नु पर्ने बोनस सेयर बापतको कर तिर्नु पर्ने छ। 

साथै बैंकले कागजी प्रमाणपत्र भएका लगानीकर्ताहरुलाई उक्त सेयर डिम्याट गराए पछि मात्रै बोनस सेयर डिम्याट खातामा पठाइने प्रष्ट पारेको छ । यद्दपी बोनस सेयर बापत लाग्ने कर नतिरे सम्म सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा नहुने बैंकले स्पष्ट पारेको छ। 

सेयरधनीहरुले कर तिर्न जाँदा निबेदनमा डिम्याट खाता तथा निक्षेप सदस्यको नाम,सेयरधनीको परिचय नम्बर, हितग्राही खाता नम्बर र दस्तखत अनिवार्य रुपमा खुलाउन बैंकले आग्रह गरेको छ ।     

संस्थापक सेयरधनीहरुले तिर्नु पर्ने करको विबरण


सर्वसाधारण सेयरमा लाग्ने करको विबरण 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved