अझै २ बर्ष लाभांश दिन नसक्ने गरी नेपाल ग्रामिणको बित्तिय विवरण सार्वजनिक,किन बढ्यो कर्मचारी खर्च ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 08:19:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण बिकास बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा 'खस्किएको' वित्तीय विवरण सार्वजनिक गरेको छ। कर्मचारी उपदान शिर्षकमा अधिक खर्च बढेकाले कर्मचारी खर्च बढेकाले लघुवित्तको प्रगती खस्किएको हो। 

बिजपाटी डटकमले यस अघि नै "अझै २ बर्ष लाभांश दिन नसक्ने नेपाल ग्रामिणको सेयरमा लगानी कति विवेकपुर्ण निर्णय ?" शिर्षकमा समाचार लेखेर सर्वसाधारण लगानीकर्तालाई सहज बनाउने प्रयास गरेको थियो। 

अझै २ बर्ष लाभांश दिन नसक्ने नेपाल ग्रामिणको सेयरमा लगानी कति विवेकपुर्ण निर्णय ? (बिशेष रिपोर्ट)
'पुर्वान्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, पस्चिमान्चल ग्रामिण विकास बैंक, मध्य पशचिमांचल ग्रामिण बिकास बैंक र सुदुर पस्चिमान्चल ग्रामिण विकास बैंक मिलेर बनेको राष्ट्रिय स्तरको नेपाल ग्रामिण बिकास बैंक संजाल पनि उत्तिकै फराकिलो रहेको छ। यसको हजार भन्दा कर्मचारी हुँदा संचालन खर्च र अन्य खर्च पनि उत्तिकै बढेर आउने सम्भावना छ।' भनेर बिजपाटीले यस अघि नै उसको कर्मचारी खर्चले कमाईमा प्रभाब पार्ने प्रक्षेपण गरेको थियो।  

लघुवित्तले गत आर्थिक बर्ष १६ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा लघुवित्तले २४ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

नेपाल ग्रामिणले गत आर्थिक बर्ष १ अर्ब ३५ लाख खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ११ करोड कुल संचालन आम्दानी गरेको छ। नेपाल ग्रामिणको खुद संचालन मुनाफा १८ करोड २३ लाख रुपैयाँ रहेको छ। त्यस्तै लघुवित्तले ७४ करोड ३९ लाख मात्रै कर्मचारी खर्च भएको छ। कर्मचारी खर्च बढ्दा नेपाल ग्रामिणको कमाईमा धेरै असर परेको छ। त्यस्तै १० करोड १९ लाख ४७ हजार रुपैंया सम्भावित जोखिमका लागि छुट्याउँदा खुद संचालन मुनाफा १८ करोडमा खुम्चिएको छ।    

गत आर्थिक बर्ष नेपाल ग्रामिणले ४ अर्ब ५३ करोड सापटी र २ अर्ब २५ करोड निक्षेप संकलन गरी ७ अर्ब ७२ करोड कर्जा तथा सापटी प्रदान गरेको छ।  यस अवधिमा नेपाल ग्रामिणको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ भने उसको जगेडा कोष रकम १७ करोड ३३ लाख रहेको छ।

यस अवधिमा नेपाल ग्रामिणको प्रति सेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा, प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ १० पैसा,मूल्य आम्दानी अनुपात २५ दशमलब ७६ गुणा र खराब कर्जा अनुपात ३ दशमलब ७६ प्रतिशत रहेको छ। 

नेपाल ग्रामिण बिकास बैंकको गत आर्थिक बर्षको नाफा नोक्सान हिसाब बाँडफाँड अनुसार संचित मुनाफा अझै ३३ करोड ९९ लाख ५७ हजार ७ सय १९ रुपैयाँ ऋणात्मक रहेको छ। नेपाल ग्रामिण बिकास बैंकले संचित मुनाफा ब्रेक इभेन्ट पोइन्टमा ल्याउन अझै ४२ करोड ४९ लाख ४७ हजार १४९ रुपैयाँ मुनाफा गर्नु पर्नेछ। यस अर्थमा नेपाल ग्रामिणले यो बर्ष र आगामी बर्ष गरी अझै २ बर्ष सेयरधनीहरुलाई लाभांश खुवाउन नसक्ने देखिन्छ।

एफपीओ निष्काशनको अनुमति 

नेपाल ग्रामिण बिकास बैंकले फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा एफपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्ने छ । 

माइक्रोफाइनान्सले एफपीओ जारि गर्नका लागि बिक्रि प्रबन्धक तथा निष्काशनमा प्रभु क्यापिटललाई चयन गरेको छ। हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ।   

यो पनि: 

नेपाल ग्रामिण बिकास बैंकले पायो एफपिओ निष्काशन अनुमति, प्रिमियम बिना नै एफपिओ किन ?


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved