मुक्तिनाथ विकास बैंकको नाफामा सामान्य बढोत्तरी, वितरणयोग्य मुनाफा सकारात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 03:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सामान्य प्रगति गरेको अप्रस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा बैंकले ८ प्रतिशतले खुद नाफा बढाएर ८७ करोड १८ लाख आर्जन गरेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ८० करोड ६२ लाख खुद मुनाफा गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा सकारात्मक देखिएको छ। बैंकले यस अवधिमा ८७ करोड खुद मुनाफा गरेपनि वितरणयोग्य मुनाफा १० करोड २ लाख रहेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ५२ लाखले ऋणात्मक थियो।  

त्यस्तै यस अवधिमा बैंकको महत्त्वपूर्ण आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी ३३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड पुगेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २ करोड थियो। 

यस अवधिमा बैंकको संचालन आम्दानी १ अर्ब १५ करोडबाट बढेर १ अर्ब २६ करोड पुगेको छ। जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा ९६० प्रतिशतले बढी हो। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ५० पैसा, मुल्य आम्दानी अनुपात २०७९ गुणा तथा प्रति शेयर नेत्वार्थ १४३ रुपैयाँ ४८ पैसा रहेको छ। यस अवधिमा बैंकको चुक्तापुंजी ७ अर्ब ४४ करोड रहेको छ भने रिजर्भमा  ३ अर्ब ५ करोड रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved