Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Apr 08, 2019 | 08:34:48 AM



shivam cement

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले आज चैत्र २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोनबाट माघ २७ गते स्वीकृति पाएको हो ।

हकप्रद भर्नको लागि कम्पनीले फागुन २२ गतेका लागी बुक क्लोज मिति तोकेको छ । फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।   

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7