एशियन लाइफ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 09:50:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले निष्काशन गरेको हकप्रद भर्ने आज बैशाख २९ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले चैत्र २५ गतेदेखि   १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो ।

कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  हकप्रद भर्नको लागि कम्पनीले फागुन २२ गतेका लागी बुक क्लोज मिति तोकेको छ । फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved