जनउत्थान लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 05:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज साउन १५ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले असार १२ गतेदेखि  १:१ को अनुपातमा शतप्रतिशत हकप्रद बिकी गरेको हो । कम्पनीले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको  हो। हकप्रद जारी गर्नको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।  

हकप्रदमा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र सी आश्वा अनुपति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ  । त्यस्तै  मेरो शेयरबाट अनलाइन मार्फत समेत हकप्रदमा आवेदन दिन सकिन्छ। 

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । 

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। यसपछि लघुवित्तले पुन: २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved