सिर्जना फाइनान्सको हकप्रद भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 08:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited  को हकप्रद भर्ने म्याद थप भएको छ  । असोज १७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको कम्पनीले आज कार्तिक २१ गतेसम्म हकप्रद भर्न सकिने जनाएको थियो । तर अब १५ दिन म्याद थप गरि मङ्सिर ६ गतेसम्म शेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने  २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो ।  कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो । भदौ १९ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved