२ वटा कम्पनीको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 11:21:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज कार्तिक २४ गतेबाट २ वटा कम्पनीले हकप्रद बिक्रि खुला गरेका छन् । आजबाट एनएमबि लघुवित्त NMB Microfinance Bittiya Sanstha Limited र लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले हकप्रद बिक्रि खुला गरेका हुन् ।

एनएमबीले १:१.५ को  १५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद बिक्रि गर्ने छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले मंगसिर २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  लगानीकर्ताले सनराइज क्यापिटल , सनराइज बैंकका शाखाहरु तथा सी आश्वा सदस्य बैंक तथा वित्तीय सस्था बाट समेत हकप्रदमा आवेदन दिन सक्ने छन् ।  

१५० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ४० करोड पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख रहेको छ। १५० प्रतिशत हकप्रदका लागि लघुवित्तले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कम्जोर भएको जनाउँछ।

त्यस्तै लुम्बिनीले १०:२ को अनुपातमा हकप्रद निष्काशन खुला गरेको हो । जस अनुसार कम्पनीले १७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको छ । लगानीकर्ताले मंगसिर २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि असोज २७ गते सोमबार बुक क्लोज गर्ने जनाएको हो। असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशनको लागि सिबीआईएल क्यापिटललाई  बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved