इस्लामिक स्टेट आईएस आईएसले रुसमा अबको एक महिना भित्र सुरु हुने विश्वकप फुटबलमा आक्रमण गर्ने चेतावनी दिदै आएको छ । यसैक्रमको पछिल्लो कदममा आईएसले अर्जेन्टिनी स्टार लिओनल मेसि र पोर्चुगलका स्टार रोनाल्डोको शिर छेदन गरेको पोस्टर सार्बजनिक गरेको छ । पोस्टरमा फुटबल रंगशालाको बीचमा २ जना आईएसका सदस्यले मेसि र रोनाल्डोलाई लडाएर उनीहरुको टाउको काटिरहेको दृश्य देख्न सकिन्छ । त्यस्तै पोस्टरमा तिमीहरुको रगतले मैदान भरिने छ भन्ने संदेश लेखिएको छ ।
यस अघि आईएसले बिश्वकपको लोगो काटेको, मेसिले रगत रोएको लगायतका पोस्टरहरु सार्बजनिक गरेका थिए । त्यस्तै रुसी राष्ट्रपुती पुटिनले मुस्लिमहरुलाई मारेको भन्दै आईएसले त्यसको बादल लिने चेतावनी दिएको थियो । रुसले सिरिया राष्ट्रपति बसर अल असादलाई सहयोग गरेकोमा आईएसको आपत्ति भएको बुझिएको छ ।
आगामी महिना सुरु हुने बिश्वकप्को लागि सुरक्षा ब्यबस्था कडा पारिएको रुसले जनाएको छ । अघिल्लो महिना रुसले रुस भित्र बिश्वकपमा आक्रमण गर्ने योजना बनाएका ११ जना आईएस् लडाकुलाई मारेको जनाएको थियो ।