विश्वकपको प्रेडीक्सन बिजपाटीको साथमा, टिभीदेखि फोनसम्म बिजेताको हातमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 12:17:29 AM मा प्रकाशित

laxmi  sunrise bank

फुटबलको महाकुम्भ अर्थात् बिश्वकप आज बिहिबारबाट सुरु हुदै छ । रुसमा हुन् लागेको यो बिश्वकपको २१ औ संस्करण हो । उद्घाटन खेलमा आज राती नेपाली समय अनुसार ८:४५ बजे आयोजक रुस र साउदी अरेबियाले प्रतिस्पर्धा गर्ने छन् ।

बिश्वकप भर बिजपाटी डट कमले ‘प्रेडिक्ट एण्ड विन’ अफर संचालन गर्ने छ । यस स्किम अन्तर्गत पाठकहरुले बिजपाटीको वेबसाइट मार्फत हरेक खेलहरुको बिजेताको अनुमान लगाएर टिभी, मोबाइल, सिनेमा टिकट लगायतका आकर्षक उपहार जित्न सक्ने छन्  । 

कसरी हुने सहभागी ? 

‘प्रेडिक्ट एण्ड विन’ अफरको बिजपाटीले worldcup.bizpati.com डटकम नामको छुट्टै सब डोमेन संचालनमा ल्याएको छ । यो लिंक खोलेपछि यदि तपाइको ब्राउजरमा फेसबुक लग इन् गरी राख्नु भएको छ भने फेसबुकसँग यसलाई कनेक्ट गराउनको लागि अनुमति माग्छ । तपाईले अनुमति दिएपछि मात्र ‘प्रेडिक्ट एण्ड विन’ मा सहभागी हुन् सक्नु हुनेछ  । यदि तपाईको ब्राउजरमा फेसबुक लग इन् भएको छैन भने तपाईले फेसबुक लग इन् गरेर मात्र यसमा सहभागी हुन् सक्नु हुनेछ । यसरी अनुमति दिदा यस सिस्टमले तपाइको फेसबुक वालमा केहि पनि पोस्ट गर्दैन । 

लग इन गरि सकेपछि तपाइले आज हुने खेलको तालिका देख्न सक्नु हुनेछ । आज खेल्न लागेका २ देशको झन्डा मुनि सेतो बाकस हुनेछ । त्यहि बाकसमा तपाईले टिमले गर्ने गोलको अनुमान गरेर predict भन्ने बटनमा थिच्नु पर्ने छ । तपाईको अनुमान सिस्टममा रेकर्ड भएपछि तपाईले success भन्ने संदेश देख्नु हुनेछ । 

 एउटा खेलमा एक पटक अनुमान लगाईसकेपछि फेरी अनुमान गर्न पाइदैन र गरेको अनुमानलाई परिवर्तन गर्न पनि पाईदैन । खेल सुरु हुन भन्दा २४ घण्टा अगाडीदेखि मात्र खेलको प्रेडिक्सन गर्न पाइने छ । खेल सुरु भईसकेपछी अनुमान लगाउने पाइनेछैन र सिस्टमले पनि तपाईलाई त्यो अधिकार दिनेछैन । 

सहि अनुमानमा आकर्षक पुरस्कार 

हरेक खेलको सहि अनुमान लगाउनेलाई प्रत्येक दिन उपहारको ब्यबस्था गरिने छ । यदि १ भन्दा बढी जनाले खेलको सहि अनुमान गरेमा गोलाप्रथाबाट एक जनालाई त्यस खेलको बिजेता घोषणा गरिने छ । गोलाप्रथा बिजपाटीको फेसबुक पेजबाट लाइभ गरिने छ । 

बिजपाटी डबल डोज अफर 

त्यस्तै हरेक खेलको सहि अनुमानमा तपाईले पोइन्ट्स पाउनु हुनेछ। यसरि सबै ६४ खेल सकिएपछि सर्बाधिक अंक हुने २० जनाले उपहार पाउने छन ।सबै भन्दा बढी अंक पाउने २० जनाको नाम सिस्टमले देखाईरहने छ र खेलको अन्तिमसम्ममा सर्वाधिक अंक पाउने २० जनाले आकर्षक उपहार पाउनेछन । उपहारमा टेलिभिजन, स्मार्ट फोन, निशुल्क टिभी सब्स्क्रिप्सन, चन्द्रागिरी हिल्सको टिकेट, बिएसआर मुभिजको टिकेट लगायतका आकर्षक पुरस्कार हुनेछन ।  

खेलका नियमहरु

-तपाईंले बिजपाटीको अफिसियल पेज https://www.facebook.com/bizpati/ लाई लाइक गर्नुपर्नेछ।

-हरेक खेलमा सहि गोल अनुमान लगाउनेले प्रत्येक दिन आकर्षक पुरस्कार जित सक्नुहुनेछ। एकजना भन्दा बढी सही उत्तर मिलाउने भएमा घोषणा गोलाप्रथाबाट गरिनेछ। गोलाप्रथाको भिडियो लाइभ हुनेछ।

-प्रत्येक खेलबाट प्राप्त अंक जोडिंदै जानेछ र सबै ६४ खेल सकिएपछी  सर्वाधिक अंक प्राप्त गर्ने मध्ये २० जनालाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ

पुरस्कारकोसुची: 


-खेल शुरु हुनु अघिसम्म गोल अनुमान लगाउन मिल्नेछ।

-खेल सकिएको २४ घण्टा भित्र बिजेताको घोषणा हुनेछ। तर पुरस्कार भने विश्वकप फुटबलको फाइनल खेलपछी मात्र वितरण गरिनेछ।

-कुनै विवाद भएमा बिजपाटी डटकमको निर्णय अन्तिम हुनेछ।

अंक निर्धारण निम्न सुत्र अनुसार हुनेछ:

सुत्र:  (10x + 10y) +50

जहाँ x= टिम A ले गरेको गोल, Y= टिम B ले गरेको गोल

यदि x वा y मध्ये कुनै एकको भ्यालु शुन्य (०) भए, त्यसलाई १० अंक मानिनेछ

-त्यस्तै ०-० बराबरी भएको खेलको अनुमान मिलाउनेले १०० अंक प्राप्त गर्नेछ

-यदि खेल १-२ मा सकिएको थियो र सो अनुमान मिलेको हुन्छ भने त्यसबाट ८० अंक प्राप्त हुनेछ

 

 Predict and win पेजमा रहेको today;s standing मा क्लिक गरेर आफ्नो अंक कति भएको छ भनेर हेर्न सकिन्छ । साथै सुचीको शिर्ष २० मा पर्नेहरुले आफ्नो स्थान कहाँ छ भनेर पनि हेर्न सक्ने छन् ।

पुरस्कार कहिले पाइन्छ ?

प्रत्येक दिन हरेक खेलको बिजेता घोषणा हुनेछ तर पुरस्कार भने प्रतियोगिता सकिएपछी मात्र वितरण हुनेछ । र पुरस्कार लिन आउँदा बिजेताको  परिचय  प्रमाणित हुनुपर्नेछ । 

यस बिषयमा कुनै समस्या वा कुनै गुनासो भए [email protected] मा मेल गरेर सोध्न सकिने छ ।

यसरी मेल गर्दा मेलको subject मा query of predict and win contest भनेर उल्लेख गर्नु पर्ने छ । 

‘predict and win contest’ सम्बन्धि कुनै पनि बिषयको निर्णयको अन्तिम अधिकार बिजपाटी डटकममा निहित हुनेछ । र यो ‘predict and win contest’ बिशुद्द रुपमा मनोरंजनका लागि मात्र हुनेछ र यहाँ सहभागी हुनका लागि कुनै शुल्क तिर्नु पर्दैन किनकी यो कुनै सट्टेबाजी होइन । 

 



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved