कस्तो नतिजा आए अर्जेन्टिना, आईसल्याण्ड र नाइजेरिया दोस्रो चरण पुग्छन ? यस्तो छ अंक गणित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 01:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेपछि टोलीको बिश्वकप यात्रा कठिन मोडमा पुगेको छ । समुह चरणमा अब १ खेल मात्र बाँकि रहंदा अर्जेन्टिनाको केवल १ अंक छ  । आईसल्याण्ड संग बराबरी खेलेपछि अर्जेन्टिनाले १ अंक पाएको हो  ।

आज राती ११:४५ बजे यस समुह अन्तर्गत नाइजेरीया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोएससिया भिड्ने छन् । क्रोएसिया ६ अंक सहित शिर्ष स्थानमा छ र नक आउट चरणको लागि छनौट भईसकेको छ । नाइजेरिया ३ अंक सहित दोस्रो र आइसल्याण्ड र अर्जेन्टिना समान १ अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् । नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिनाको नक आउट चरण पुग्ने सम्भावना कायम नै छ । 

कुन टोली कसरी पुग्छन नक आउट चरण ? 

यदि नाईजेरियाले अर्जेन्टिनालाई पराजित गरे नाइजेरिया दोस्रो चरण पुग्ने छ भने आईसल्याण्ड र अर्जेन्टिना बाहिरिने छन्  ।

नाइजेरियाले अर्जेन्टिनासंग बराबरी खेलेपनि नाइँजेरिया छनौट हुन् सक्छ तर त्यसको लागि आईसल्याण्डले हार्नु पर्छ वा बराबरी खेल्नु पर्छ, आईसल्याण्डले जिते पनि नाइजेरिया गोल डिफरेन्समा अगाडी रहेर छनौट हुन् सक्छ  । हाल नाइजेरियाको गोल डिफरेन्स ० छ भने आईसल्याण्डको -२ छ  । 

 आईसल्याण्ड छनौट हुनको लागि आईसल्याण्डले क्रोएसियालाई पराजित गर्नु पर्नेछ भने नाइजेरियाले बराबरी वा हार बेहोर्नु पर्ने छ  ।  साथै अर्जेन्टिनाको गोल डिफरेन्स आईसल्याण्डको भन्दा धेरै हुनु हुदैन  ।  हाल आईसल्याण्डको गोल डिफरेन्स -१ र अर्जेन्टिनाको -२ छ  ।  

अर्जेन्टिना छनौट हुनको लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नु पर्ने छ भने आईसल्याण्डले आफ्नो खेल हार्नु पर्ने छ  ।  यदि आईसल्याण्डले जितेको खण्डमा अर्जेन्टिनाको गोल डिफरेन्स आईसल्याण्डको भन्दा राम्रो भए मात्र अर्जेन्टिना छनौट हुनेछ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved