रक्सीसँगको सम्बन्ध

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 28, 2019 | 02:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank





आजभोली
रक्सी र मेरो
सम्बन्ध राम्रो छ, ग़ज़ब छ
बोल्न हिड्न नजान्ने म
गाउँन, नाँच्न नजान्ने म
नशा चढेपछि, मात्रा बढेपछि
२/४ बोतल लडेपछि
गाउँन, नाँच्न, हिड्न, बोल्न आउँछ

त्यसैले
केहि सम्झनालाई सम्झन
केहिलाई बिर्सन
दैनिक पिउनु परेको छ
साँझ नपर्दै, चरि गुड नफर्किदै
भट्टीमा बास जमाउनु परेको छ।

पहिले, पहिले
थोरै रक्सीमा धेरै पानी
मिसाउदा पर्याप्त हुन्थ्यो
आजभोली नेट पिउँदा
कम हुन थाल्यो
रक्सी र मेरो सम्बन्ध राम्रो छ
गाढा हुदैछ ।

मर्नेहरु मरिरहे
बाँच्नेहरु पनि मरिरहेको देख्छु
त्यसैले
म मर्छु मलाई डर छैन
जन्मदै चिच्याएको मृत्युको लागि थियो
फेरि बेकारमा यो संघर्ष
खै किन किन सोच्छु
फेरी १ घुट्की चुस्स निल्छु
यस्तै यस्तै हाल छ
रक्सी र मेरो सम्बन्ध राम्रो छ ।

(लेखक : प्रकाश बुढाथोकी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved